२०८३ जेष्ठ २८ बिहीबार

कचनकवल गाउँपालिकामा आइतबार स्थानीय बिदा

कचनकवल । कचनकवल गाउँपालिकाले बैशाख १० गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाभित्र बसोबास गर्ने मुस्लिम समुदायहरूको महान् पर्व इद उल फित्रको अवसरमा गाउँपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको गत चैत २६ गते बसेको निर्णय अनुसार आइतबार कार्यपालिकाको कार्यालय तथा गाउँपालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । मुस्लिम धर्मावलम्बीले एक महिना लामो रमादान पर्व (रोजा) पूरा गरी आज शनिवार इद पर्व मनाइरहेको छ ।

२०८० बैशाख ९, शनिबार प्रकाशित 0 Minutes 386 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।