२०८१ बैशाख १५ शनिबार

बुद्धशान्तिमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको घटनास्थलमै मृत्यु

झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–५ स्थित खारखोला निवासी ७० वर्षीय भीमबहादुर भट्टराई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरु तिम्सिनाले जानकारी दिए । शनिवार बिहान ४ बजे घरदेखि दुई सय मिटर दक्षिण आफ्नै मकै बारीमा दुई वटा जंगली हात्तीले मकै खाइरहेको थाहा पाएपछि  भट्टराई हात्ती धपाउन गएका थिए ।

सोही क्रममा उनीमाथि हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरी निरीक्षक तिम्सिनाले बताए । हात्ती स्थानीय पाँच पोखरी जंगलबाट आएको बताइएको छ । यता घटना पश्चात् इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।

२०८० बैशाख ९, शनिबार प्रकाशित 0 Minutes 200 Views

ताजा समाचार