२०८१ बैशाख १४ शुक्रबार

तीन ठाउँको उपचुनावले देशैभरको परीक्षा प्रभावित

त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयले बैशाख १० गते उपचुनावको मतदान हुने दिन परेको स्नातक तहको परीक्षा स्थगित गरेको छ । आज बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले वैशाख १० गतेका लागि तय भएको परीक्षा चुनावको कारण देखाएर स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै पूर्वनिर्धारित बैशाख १० गतेको परीक्षा १६ गतेका लागि सारिएको जानकारी दिएको छ । निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयको अनुरोध स्वीकार गर्दै परीक्षाको मिति सारिएको सूचनामा उल्लेख छ ।

‘२०८० बैशाख ४ गतेदेखि सञ्चालित स्नातक तह प्रथम वर्षको बार्षिक परीक्षा निर्वाध रुपमा सम्पन्न भैरहेको र मिति २०८० बैशाख १० गतेका दिन तीन स्थानमा संघीय संसद्को उपनिर्वाचन तोकिएकाले उक्त दिनको परीक्षा सार्न निर्वाचन आयोग, गृह र शिक्षा मन्त्रालयबाट पनि अनुरोध भएकाले त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको २०८० बैशाख ७ गतेको निर्णयअनुसार उक्त दिनको परीक्षा स्थगित गरि २०८० बैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्ने निर्णय भएकाले सम्बन्धित सबै केन्द्राध्यक्ष र परीक्षार्थीलाई सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

तनहुँ-१, चितवन-२ र बारा-२ मा उपचुनावको मतदान त्यस दिन स्नातक तह प्रथम वर्षको व्यवस्थापन र मानविकी संकायको परीक्षा तोकिएको थियो ।

२०८० बैशाख ७, बिहीबार प्रकाशित 1 Minute 122 Views

ताजा समाचार