२०८१ बैशाख १३ बिहीबार

नारी संचार गृहद्वारा दाहाल र राजवंशी पुरस्कृत

बिर्तामोड । नारी संचार गृह झापाले दुई झापाली महिला पत्रकारलाई पुरस्कृत गरेको छ । गृहले बुधबार झापाको बिर्तामोडमा एक कार्यक्रम आयोजना गरि साबित्रा दाहाल र शुष्मा राजवंशीलाई पुरस्कृत गरेको हो ।

नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार साबित्रा दाहाल पुरस्कृत भएकिछ्न । उनलाई नगद १ लाख १ हजार १ सय रुपैयाँ र सम्मान पत्र प्रदान गरिएको थियो ।  नेपालको पहिलो महिला सम्पादक तथा राजनितीज्ञ साधना प्रधानको नामबाट स्थापित ‘नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कार’ पहिलो पटक दाहाललाई प्रदान गरिएको हो । दाहाल झापाली महिला पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित संचार गृहको संस्थापक अध्यक्ष हुन ।

त्यस्तै युवा पत्रकारीता पुरस्कार शुष्मा राजवंशीलाई प्रदान गरिएको छ । राजवंशीलाई नगद २५ हजार  र सम्मान पत्र प्रदान गरिएको थियो ।

युवा पत्रकारिता पुरस्कार महिलाको बिषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने नारी संचार गृह झापाकी निवर्तमान अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन।

प्रत्येक दुई बर्षमा प्रदान गरिने यो पुरस्कार महिला तथा पुरुष पत्रकारलाई प्रदान गरिने उनले बताइन । उनका अनुसार नारी संचार साधना सम्मान पत्रकारिता पुरस्कार महिला पत्रकारलाई मात्र प्रदान गरिने छ ।

नारी संचार गृहले ‘नारी संचार प्रोत्साहन अक्षय कोष’को ब्याजबाट पुरस्कार राशिको ब्यवस्था गर्ने गृहकी अध्यक्ष रेजिना गौतमले जानकारी दिइन । गृहले कोषमा ३३ लाख रुपैयाँ जम्मा गरेको छ ।

२०८० बैशाख ६, बुधबार प्रकाशित 1 Minute 186 Views

ताजा समाचार