२०८१ बैशाख १४ शुक्रबार

विद्यार्थी शुल्क घटाउन नेविसंघको माग

झापा । नेपाल विद्यार्थी संघ झापाले संस्थागत विद्यालयले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्दा अहिलेको आर्थिक बन्दीलाई मध्यनजर गरेर शुल्क घटाउन माग गरेको छ । बिर्तामोडमा नेविसंघले पत्रकार सम्मेलन गरेर देशमा आर्थिक संकट आएको भन्दै विद्यालयमा नयाँ विद्यार्थी भर्ना गर्दा चर्को मुल्य नलिन आग्रह गरेको हो ।

नेविसंघका झापा सभापति सञ्जय निरौलाले संस्थागत तथा सामुदायिक विद्यालयहरुले अभिभावकहरुलाई ढाडसेक्ने गरी चर्को मुल्य नलिन चेतावनी दिएका छन् । उनले प्याब्सनलाई खुलेरै मुल्य घटाइदिन अनुरोध समेत गरेका छन् ।

‘पैसाले गुणरुतरीय शिक्षा किन्न सकिँदैन’, सभापति निरौलाले भने, ‘सामुदायिक विद्यालयमा कक्षा-१२ सम्म निःशुल्क शिक्षा भनेको छ । तर, अंग्रेजी माध्यममा पढाइ गर्दैमा युकेजीको बच्चालाई पनि १ हजार फी लिएको भेटियो । विभिन्न नाममा विद्यालयले अभिभावकबाट पैसा असुल्न हुँदैन । सरकारको नीति अनुसार समानपूर्वक शिक्षा दिनुपर्छ ।’
उनले संस्थागत विद्यालयले व्यापार गरेको बताए । संस्थागत जस्तो सामुदायिक विद्यालयले त व्यापार गर्न नमिल्ने उनको तर्क छ । तर, व्यापारको नाममा संस्थागत विद्यालयले पनि अभिभावकको ढाडसेक्ने गरीको महंगो शिक्षा दिन नमिल्ने उनको भनाई छ ।

‘सामुदायिक विद्यालयका एउटै शिक्षक तीन वटा विद्यालयमा जागिर खान्छन्’, निरौलाले भने, ‘निजीमा पनि खाने सरकारी पनि । यस्ता कुरामा राज्य गम्भीर बन्न पर्छ । डाक्टरको जस्तो व्यवहार शिक्षकले गर्न भएन । सार्टिफिकेट लिएर घरमा बसेका बेरोजगारहरुलाई पनि ठाउँ दिनुपर्छ ।’

२०८० बैशाख ६, बुधबार प्रकाशित 1 Minute 201 Views

ताजा समाचार