२०८१ बैशाख २६ बुधबार

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला भएको हो ।

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन मन्त्रिपरिषद्ले नियमावली स्वीकृत गर्ने निर्णय गरेको बताइन् ।

“भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ । नियमावली नबनेको कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रीपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ,” उनले भनिन् ।

२०८० बैशाख ५, मंगलवार प्रकाशित 0 Minutes 208 Views

ताजा समाचार