२०८१ बैशाख ११ मंगलवार

बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गराउने

बिर्तामोड । बिर्तामोड नगरपालिकाले बुधबारे हटिया खाली गर्न अन्तिम पटक समय दिएको छ । बैशाख १४ गते सम्म हटियामा रहेका पसल तथा टहराहरु नहटाए नगरपालिका कानुन बमोजिम अघि बढ्ने उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले बताएका छन् ।

सोमवार एक सूचना जारी गर्दै नगरपालिकाले पटक–पटक समय दिएको भन्दै अब पनि घर, टहरा, संरचना खाली नगरे कानुन बमोजिम हटाउने र त्यस वापतको खर्च व्यापारीबाटै असुल गरिने बताएको हो ।
कानुन बमोजिम हटाउदा सो संरचना र संरचनाभित्र रहेका सामग्रीको क्षति भए स्वम् जिम्मेवार हुनुपर्ने नगरपालिकाको सूचनामा उल्लेख छ ।

बिर्तामोड नगरपालिका ५ मा रहेको बुधबारे हटिया ९देवि हाट० मा नगर विकास कोषबाट १ अर्ब लगानीमा बहुतले व्यापारिक भवन निर्माण गर्नका लागि ठाउँ खाली गरिदिन आग्रह गरेको हो । यसअघि पनि नगरपालिकाले पटक–पटक सूचना गर्दै ठाउँ खाली गर्न अनुरोध गरिसकेको छ । घर, टहरा खाली गरेर भवन निर्माणको प्रक्रिया प्रारम्भ गरिने नगरले जनाएको छ ।

बुधबारे हटियामा बहुतले व्यापारिक भवन निर्माणका लागि राजनीतिक दलबीच सहमति भइसकेको छ भने बिर्तामोड नगर कार्यपालिका बैठकले समेत निर्णय गरिसकेको छ ।

२०८० बैशाख ५, मंगलवार प्रकाशित 0 Minutes 472 Views

ताजा समाचार