२०८३ जेष्ठ २८ बिहीबार

मेचीनगरमा स्वरोजगारका लागि उद्यमशिलता तालिम

मेचीनगर । मेचीनगर १४ नं वडा कार्यलयले स्वरोजगारका लागि उद्यमशिलता तालिम सञ्चालन गरिरहेको छ । मेचीनगर १४ का विपन्न समुदायबाट महिला र पुरुष गरि २५ जना लाई स्वरोजगारका लागि उद्यमशिलता तालिम सञ्चालन गरेको हो । ८ दिन सम्म सञ्चालन हुने तालिममा वाइरिङ, प्लममिङ, गमला, फूल बनाउने तरिका बारे सिकाउने गरिएको प्रशिक्षक गंगा सोटेङले बताइन् ।

मेचीनगर १४ कार्यलयले वडामा रहेका विपन्न परिवारका लागि भनेर विभिन्न स्वरोजगार मुलक तालिम सञ्चालन गर्दै आएको छ । जसअनुसार वडाको २ लाख रुपैँयाको लागतमा १५ जना लाई ड्राइभिङ सिकाइ रहेको छ । वडाको विपन्न परिवारको तर्फबाट सहभागी गराउदैँ सञ्चालन भइ रहेको ड्राइभिङ सिकाइमा चारआली ड्राइभिङ सेन्टरले प्राविधिक सहयोग गरिरहेको मेचीनगर १४ को वडाध्यक्ष बाबुलाल सुब्बाले बताए ।
स्थानिय स्तरमै सेनेटरी प्याड उत्पादनका लागि गत साता मात्रै ७ दिने तालिम सञ्चालन गरिएको थियो । मेचीनगर १४ वडा कार्यलयको २ लाख आर्थिक सहयोगमा सञ्चालन गरिएको सेनेटरी प्याड उत्पादन सम्बन्धी ७ दिने तालिममा २० जना को सहभागिता रहेको थियो । वडाका १८ देखि ४० वर्ष सम्मका विपन्न महिलाहरुलाई लक्ष्ति गरि तालिम सञ्चालन गरिएको वडाध्यक्ष सुब्बाले खबरमञ्च लाई बताए ।

सेनेटरी प्याड उत्पादन सम्बन्धी ७ दिने तालिमको उद्घाटन सत्रमा भोलानाथ सुवेदी, न्यायीक समिति सदस्य मेनुका घिमिरे, माओवादी केन्द्र मेचीनगर १४ की अध्यक्ष आशा उप्रेती, टोल संयोजक विन्दा प्रसाई, वडा सचिव लक्ष्मी राई लगायतले मन्तव्य राखेका थिए । तालिमको सहजीकरण सरस्वती चौलागाईले गरेकी थिइन् ।

मेचीनगर १४ ले भौतिक पूर्वाधार सगँसगैँ वडावासीको जीवन स्तर उकास्न विभिन्न योजनाहरु संञ्चालन गरिरहेको वडाध्यक्ष सुब्बाले बताए । जनताको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखी वडाले कार्य योजना बनाएको वडाध्यक्ष सुब्बाले बताए ।

२०८० बैशाख ५, मंगलवार प्रकाशित 0 Minutes 360 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।