भद्रपुर । भद्रपुर झापा गोल्डकपले मेची रङ्गशालामा सञ्चालित प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक गरेको छ।
गोल्डकप कार्य समितिको रङ्गशालास्थित सचिवालयमा आइतबार बसेको बैठकले हालसम्मको रुपैयाँ २ करोड ६३ लाख ९७ हजार ७ सय १३ आय र रुपैयाँ २ करोड १९ लाख ३८ हजार ४ सय रुपैयाँको व्ययलाई अनुमोदन गरेको छ।

बैठकमा खर्च भई बाँकी रहेको ४४ लाख ५९ हजार २ सय ८३ रुपैयाँ झापा गोल्डकपको नाममा रहेको राष्ट्रिय वाणिज्य बैङ्क भद्रपुर र एक्सल बैङ्क भद्रपुरको हिसाब खातामा मौज्दात रहेको जनाउँदै यथाशीघ्र लेखा परीक्षण गरी गराई सार्वजनिक गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरेको झापा गोल्डकप कार्यसमितिका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



