२०८३ जेष्ठ २८ बिहीबार

चितवनमा रवि लामिछानेका चालक तीन तलामाथिबाट खसे, अवस्था गम्भीर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक घर भएका उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । लामिछानेका चालकको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।

३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा तीन तलामाथिबाट खसेका हुन् ।

चितवनका एसपी रामेश्वर कार्कीका अनुसार बिहान ३ बजेर ५४ मिनेटमा खसेको अवस्थामा फेला परेको बताए ।

“बिहान ३ बजेर ५४ मिनेटमा खसेको देखिन्छ । तल्लो तलामा रवि लामिछाने, दीपक बोहोरालगायतका बस्नुभएको रहेछ,” उनले भने, “माथि मुकुल ढकाल र रवि लामिछानेको चालक रहेछन् । अहिले हामीले सीसीटीभी फुटेज अनुसन्धान गरिरहेका छौँ ।”

२०८० बैशाख ४, सोमबार प्रकाशित 0 Minutes 461 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।