२०८० मंसिर १६ शनिबार

ओली निवासमा प्रधानमन्त्री, सभामुख र देउवा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र कांग्रेस सभापति शेरबहादुर देउवा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भएको छ ।

यो बीचमा ३ दिनयता पूर्वप्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भइ छलफल अवरुद्ध हुन पुगेको थियो । सोही कारण आज बिहान ९ बजे प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्दै संसद्‌मा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गरेका हुन् ।

२०८० बैशाख ४, सोमबार प्रकाशित 0 Minutes 142 Views

ताजा समाचार