२०८१ बैशाख १४ शुक्रबार

झापाका चार जना प्राज्ञसभा सदस्यलाई सम्मान

झापा । साहित्य चौतारी झापाले चारजना प्राज्ञसभा सदस्यलाई सम्मान गरेको छ । बिर्तामोडमा आयोजित समारोहका बीच साहित्य चौतारीले प्राज्ञसभा सदस्यहरू मुनाराज शेर्मा, हरिप्रसाद पौडेल, डा। खेमराज खनाल र सुमित्रा वाङ्देल चेलीलाई सम्मान गरेको हो ।

साहित्यकार डाक्टर पुण्यप्रसाद सिग्देलको प्रमुख आतिथ्यमा आयोजित समारोहका बीच उनीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो । साहित्य चौतारीको मासिक साङ्गीतिक काव्य सभाको अवसर पारेर प्राज्ञसभा सदस्यहरूलाई सम्मान गरिएको साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

‘नयाँ वर्षको समेत अवसर पारेर झापाली प्राज्ञसभा सदस्यलाई सम्मान गर्दा हामी धेरै उत्साहित भएका छौँ’, कार्यक्रममा संरक्षक श्रेष्ठले भने । सम्मान गरिएका प्राज्ञ साहित्य चौतारीका सम्पत्ति भएको संरक्षक श्रेष्ठको धारणा छ ।

संरक्षक श्रेष्ठले साहित्य चौतारीको कर्मथलोमा प्राज्ञ सदस्यहरूले हिजोका दिनमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको जनाएका छन् ।साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजित कार्यक्रममा स्रष्टा सर्जकहरूले गीत, कविता र गजल प्रस्तुत गरेका छन् । कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सहसचिव देवीचरण भण्डारीले गरेका थिए ।

२०८० बैशाख ४, सोमबार प्रकाशित 0 Minutes 188 Views

ताजा समाचार