२०८१ बैशाख १४ शुक्रबार

आजदेखि सिरुवा पर्व सुरु, बैसाख ३ गते झापाका ८ पालिकामा सार्वजनिक बिदा

झापा । नयाँ वर्ष २०८० को सुरुवातसँगै आदिवासी समुदायको मुख्य चाड सिरुवा पर्व आजदेखि सुरु भएको छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझी, हलुवाई, देशीनाई लगायतका आदिवासी जातजातिहरूले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन लागेको हो ।

जसमध्ये आज पहिलो दिन जल सिरुवा, बैशाख २ गते दोस्रो दिन काद सिरुवा र बैशाख ३ गते तेस्रो दिन रङ्ग सिरुवा खेल्ने गरिन्छ । आज धूमधामसाथ पानी छ्यापेर सिरुवा पर्व मनाइँदैछ । अघिल्लो वर्षको दुःख र कष्टलाई पानीले धोई पखाली नयाँ वर्षभरि शरीर शीतल रहोस् भनी कामना गर्ने धार्मिक प्रचलन अनुसार जल सिरुवा मनाइँदै आएको जानकारहरू बताउँछन् । यसैबीच झापाका १५ पालिकामध्ये ८ पालिकाले सिरुवा पर्वको अन्तिम दिन बैशाख ३ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ ।

आदिवासी समुदायको सिरुवा पर्व र लोपोन्मुख मेचे समुदायको राष्ट्रिय बैशागु बथर पर्वलाई मध्यनजर भद्रपुर, हल्दिबारी, कचनकवल, बाह्रदशी, गौरीगञ्ज, गौरादह, कनकाई र बिर्तामोड नगरपालिकाले आइतबार स्थानीय बिदा दिने निर्णय गरेको हो । पालिकाहरूले छुट्टाछुट्टै सूचना जारी गरेर सो दिन कार्यपालिका, वडा कार्यालय, शैक्षिक संस्था, पालिका अन्तरगतका कार्यालयहरू बन्द रहने जानकारी गराएको हो ।

२०८० बैशाख १, शुक्रबार प्रकाशित 0 Minutes 326 Views

ताजा समाचार