२०८१ बैशाख १३ बिहीबार

२०७९ सालमा घटेका विश्वका चर्चित घटना

वि.सं २०७९ हामीबाट विदा हुँदैछ । विश्वका खेल, वैज्ञानिक, राजनीतिक, आर्थिक, मनोरञ्जन जगतमा घटित हृदयविदारक, आशावादी र आश्चर्य लाग्दा घटनाको एउटा पोको थमाएर वर्ष २०७९ गुज्रिएको छ । यहाँ केही चर्चित घटनाबारे जानकारी समेटिएको छ ।

नासाद्वारा क्षुद्रग्रहको मार्ग परिवर्तन

अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइ दिएको थियो ।

कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो । यसलाई ‘डार्ट मिसन’ नाम दिइएको छ । योसँगै अन्तरिक्ष एजेन्सी नासाले आफ्नो पहिलो प्लानेटरी डिफेन्स सिस्टममा सफलता हासिल गरेसँगै  इतिहास रचेको छ ।

दक्षिण कोरियाः ह्यालोइन पार्टीमा भागदौड मच्चिँदा १ सय ५९ को मृत्यु

दक्षिण कोरियाको सियोलमा ह्यालोविन पर्वको बेला आयोजना गरिएको एक कार्यक्रममा भीडभाडमा परी १ सय ५९ जनाको मृत्यु भयो । योनहाप समाचार संस्थाका अनुसार २९ अक्टोबर, २०२२ मा स्थानीय समयानुसार राती साढे ११ बजे ह्यालोविन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । सियोलको रात्रीकालीन पर्यटकीय गन्तव्य इटेवोनमा रहेको एक बारमा अज्ञात सेलिब्रिटीको कार्यक्रम हेर्न ठुलो संख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो ।

विश्व फुटबलका लेजेन्ड पेलेको निधन

विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पेलेको डिसेम्बर २९ को बिहान ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । सेप्टेम्बर २०२१ मा आन्द्राबाट ट्युमर निकालेपछि पेले निरन्तर चिकित्सकको निगरानीमा थिए ।

np_file_202532स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो ।

टर्की र सिरियामा शक्तिशाली भूकम्प, ५० हजारभन्दा बढीको मृत्यु

फेब्रुअरी २०२३ को सबेरै टर्की र छिमेकी सिरियामा ७.८ म्यान्ग्निच्युडको भूकम्प गयो । सो भूकम्पमा ठुलो जनधनको क्षति भयो । हालसम्म यो भूकम्पमा परी टर्की र सिरियाका ५० हजारभन्दा बढीकोे मृत्यु भएको छ । भूकम्पमा परेका थुप्रैको उद्धारसमेत गरियो । तीमध्ये केहीको उद्धार निकै चमत्कारिक रह्यो ।

डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा

GettyImages-1250769985अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चल्यो । उनले ४ अप्रिल, २०२३ मा म्यानह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि, उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०१६ मा, एडल्ट फिल्म स्टार स्टर्मी डेनियलले मिडियासँग सम्पर्क गरेकी थिइन् । सन् २००६ मा उनी डोनाल्ड ट्रम्पसँगको आफ्नो अफेयरको कथा पैसाको बदलामा बेच्न चाहन्थिन् ।

ट्रम्पको टोलीले यसको सुराग पाएर उनका वकिल माइकल कोहेनले डेनियललाई चुप लागेबापत १ लाख ३० हजार अमेरिकी डलर दिए ।

त्यसो गर्नु गैरकानुनी थिएन । तर जब ट्रम्पले कोहनलाई पैसा फिर्ता गरे, उनले यसलाई कानुनी शुल्क बताए । अभियोजकले यसलाई ट्रम्पले व्यापार रेकर्डमा झुटो बोलेको बताएका छन् र यो न्यूयोर्क कानुनअनुसार एक अपराध हो ।

रोनाल्डोलाई फुटबल इतिहासकै सबैभन्दा बढी तलब

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डो अहिले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब पाइरहेका छन्, जुन वार्षिक १७.७ करोड पाउन्ड रहेको छ ।

हलिउड अभिनेता जोनी डेप भर्सेस एम्बर हर्ड

हलिउडका चर्चित अभिनेता जोेनी डेप र उनकी पूर्व पत्नी अभिनेत्री एम्बर हर्डको अदालती मुद्दा पनि यस वर्ष विशेष चर्चामा रह्यो । ५९ वर्षीय जोनी डेपले एम्बरविरुद्ध मुद्दा हाले । सन् २०१८ मा एम्बरले वासिङ्टन पोस्ट पत्रिकामा एउटा लेख लेखेर आफू घरेलु हिंसाको शिकार भएको बताएकी थिइन् । यद्यपि, उनले यसमा कसैको नाम भने लिएकी थिइनन् । तर जोनी डेपले यो लेखले आफ्नो बदनामी गराएको र यसले उनको करियरलाई असर गरेको बताए । त्यसपछि जोनी डेपले आफ्नी पूर्व पत्नीविरुद्ध ५० मिलियन डलरको मुद्दा दायर गरेका थिए, जसको बदलामा एम्बरले पनि १० करोड डलरको मुद्दा दायर गरेकी थिइन् ।

मुद्दाको सुनुवाई प्रत्यक्ष प्रसारण भएको थियो । यसमा एलन मस्क र अभिनेता जेम्स फ्रान्कोसहित उच्च प्रोफाइल व्यक्तिहरुले बयान दिए । अदालतले अभिनेता जोनी डेपको पक्षमा फैसला सुनायो । यसका साथै जोनी डेपलाई मानहानीको लागि १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो । यस्तै  बचाउको क्रममा जोनी डेपले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनायो । रातोपाटीबाट

२०७९ चैत्र ३०, बिहीबार प्रकाशित 0 Minutes 186 Views

ताजा समाचार