वि.सं २०७९ हामीबाट विदा हुँदैछ । विश्वका खेल, वैज्ञानिक, राजनीतिक, आर्थिक, मनोरञ्जन जगतमा घटित हृदयविदारक, आशावादी र आश्चर्य लाग्दा घटनाको एउटा पोको थमाएर वर्ष २०७९ गुज्रिएको छ । यहाँ केही चर्चित घटनाबारे जानकारी समेटिएको छ ।
नासाद्वारा क्षुद्रग्रहको मार्ग परिवर्तन

अमेरिकी अन्तरिक्ष निकायले सेप्टेम्बर २८ मा क्षुद्रग्रहमा एउटा यान योजनाबद्ध रूपमा ठोक्काएर सफलतापूर्वक त्यो क्षुद्रग्रहको मार्ग परिवर्तन गराइ दिएको थियो ।
कुनै बेला पृथ्वीमा आएर ठोक्किने खतरा भएका चट्टान वा क्षुद्रग्रहहरूलाई सुरक्षित रूपमा अन्यत्र मोडिदिने विषयको परीक्षण गर्न त्यसो गरिएको थियो । यसलाई ‘डार्ट मिसन’ नाम दिइएको छ । योसँगै अन्तरिक्ष एजेन्सी नासाले आफ्नो पहिलो प्लानेटरी डिफेन्स सिस्टममा सफलता हासिल गरेसँगै इतिहास रचेको छ ।दक्षिण कोरियाः ह्यालोइन पार्टीमा भागदौड मच्चिँदा १ सय ५९ को मृत्यु
दक्षिण कोरियाको सियोलमा ह्यालोविन पर्वको बेला आयोजना गरिएको एक कार्यक्रममा भीडभाडमा परी १ सय ५९ जनाको मृत्यु भयो । योनहाप समाचार संस्थाका अनुसार २९ अक्टोबर, २०२२ मा स्थानीय समयानुसार राती साढे ११ बजे ह्यालोविन उत्सवको क्रममा भागदौड मच्चिएपछि करिब ५० जनाको हृदयाघात भएको थियो । सियोलको रात्रीकालीन पर्यटकीय गन्तव्य इटेवोनमा रहेको एक बारमा अज्ञात सेलिब्रिटीको कार्यक्रम हेर्न ठुलो संख्यामा भीड जम्मा भएको समय भागदौड मच्चिएको थियो ।
विश्व फुटबलका लेजेन्ड पेलेको निधन
विश्व फुटबलका लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भयो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पेलेको डिसेम्बर २९ को बिहान ब्राजिलको साओ पाओलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । सेप्टेम्बर २०२१ मा आन्द्राबाट ट्युमर निकालेपछि पेले निरन्तर चिकित्सकको निगरानीमा थिए ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई नोभेम्बरमा अस्पताल भर्ना गरिएको थियो ।
टर्की र सिरियामा शक्तिशाली भूकम्प, ५० हजारभन्दा बढीको मृत्यु
फेब्रुअरी २०२३ को सबेरै टर्की र छिमेकी सिरियामा ७.८ म्यान्ग्निच्युडको भूकम्प गयो । सो भूकम्पमा ठुलो जनधनको क्षति भयो । हालसम्म यो भूकम्पमा परी टर्की र सिरियाका ५० हजारभन्दा बढीकोे मृत्यु भएको छ । भूकम्पमा परेका थुप्रैको उद्धारसमेत गरियो । तीमध्ये केहीको उद्धार निकै चमत्कारिक रह्यो ।
डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा
अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चल्यो । उनले ४ अप्रिल, २०२३ मा म्यानह्याटनस्थित फौजदारी अदालतमा आत्मसमर्पण गरेका थिए । फौजदारी अपराधको मुद्दा खेप्ने उनी पहिलो पूर्वराष्ट्रपति हुन् । ट्रम्पमाथि ३४ आरोप लागेका छन् । यद्यपि, उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । सन् २०१६ मा, एडल्ट फिल्म स्टार स्टर्मी डेनियलले मिडियासँग सम्पर्क गरेकी थिइन् । सन् २००६ मा उनी डोनाल्ड ट्रम्पसँगको आफ्नो अफेयरको कथा पैसाको बदलामा बेच्न चाहन्थिन् ।
ट्रम्पको टोलीले यसको सुराग पाएर उनका वकिल माइकल कोहेनले डेनियललाई चुप लागेबापत १ लाख ३० हजार अमेरिकी डलर दिए ।
त्यसो गर्नु गैरकानुनी थिएन । तर जब ट्रम्पले कोहनलाई पैसा फिर्ता गरे, उनले यसलाई कानुनी शुल्क बताए । अभियोजकले यसलाई ट्रम्पले व्यापार रेकर्डमा झुटो बोलेको बताएका छन् र यो न्यूयोर्क कानुनअनुसार एक अपराध हो ।
रोनाल्डोलाई फुटबल इतिहासकै सबैभन्दा बढी तलब
क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका छन् । विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डो अहिले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब पाइरहेका छन्, जुन वार्षिक १७.७ करोड पाउन्ड रहेको छ ।
हलिउड अभिनेता जोनी डेप भर्सेस एम्बर हर्ड
हलिउडका चर्चित अभिनेता जोेनी डेप र उनकी पूर्व पत्नी अभिनेत्री एम्बर हर्डको अदालती मुद्दा पनि यस वर्ष विशेष चर्चामा रह्यो । ५९ वर्षीय जोनी डेपले एम्बरविरुद्ध मुद्दा हाले । सन् २०१८ मा एम्बरले वासिङ्टन पोस्ट पत्रिकामा एउटा लेख लेखेर आफू घरेलु हिंसाको शिकार भएको बताएकी थिइन् । यद्यपि, उनले यसमा कसैको नाम भने लिएकी थिइनन् । तर जोनी डेपले यो लेखले आफ्नो बदनामी गराएको र यसले उनको करियरलाई असर गरेको बताए । त्यसपछि जोनी डेपले आफ्नी पूर्व पत्नीविरुद्ध ५० मिलियन डलरको मुद्दा दायर गरेका थिए, जसको बदलामा एम्बरले पनि १० करोड डलरको मुद्दा दायर गरेकी थिइन् ।
मुद्दाको सुनुवाई प्रत्यक्ष प्रसारण भएको थियो । यसमा एलन मस्क र अभिनेता जेम्स फ्रान्कोसहित उच्च प्रोफाइल व्यक्तिहरुले बयान दिए । अदालतले अभिनेता जोनी डेपको पक्षमा फैसला सुनायो । यसका साथै जोनी डेपलाई मानहानीको लागि १५ मिलियन डलर क्षतिपूर्ति तिर्न आदेश दियो । यस्तै बचाउको क्रममा जोनी डेपले पनि एम्बरको मानहानी गरेको भन्दै अदालतले उनले पनि २० लाख डलर एम्बरलाई तिर्नुपर्ने फैसला सुनायो । रातोपाटीबाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


मुख्यतः कुनै अरब वा मुस्लिम देशले आयोजना गरेको यो पहिलो विश्वकप थियो ।
‘जनस्वास्थ्यको क्षेत्रमा भएका सुधार, पोषण, व्यक्तिगत सरसफाइ अनि औषधोपचारका कारण निरन्तर बढिरहेको मानिसको आयुले यो अभूतपूर्व वृद्धि सम्भव भयो । साथै केही देशमा निरन्तर उच्च प्रजनन दर कायम रहनाले पनि यस्तो भयो,’ राष्ट्रसङ्घले विज्ञप्तिमा भनिएको छ ।
अगष्ट महिनामा अमेरिकाकी तत्कालीन सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणले चीन र अमेरिका सम्बन्धमा चुनौती थपियो । चीनले अमेरिकाकी सभामुख नेन्सी पेलोसीले ताइवानको यात्रा गरे आफूले कडा कदम चाल्ने चेतावनी दिएको थियो ।

महारानीको स्कटल्याण्डस्थित बामोरल दरबारमा निधन भयो । चिकित्सककको निगरानीमा रहेपछि उनको सेप्टेम्बर ८ मा निधन भएको थियो । उनी ७० वर्ष बेलायतको सिंहासनमा बसेकी थिइन् । बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ ।
इरान प्रहरीले अमिनीको हृदयाघातका कारण मृत्यु भएको बताउँदै उनको मृत्यु दुर्भाग्यपूर्ण भएको बतायो । तर, अमिनीको परिवारले प्रहरीको भनाई स्वीकार्न मानेनन् । सामाजिक सञ्जालमा प्रकाशित अमिनीको तस्बिरमा पनि उनको अनुहार निकै सुन्निएको र त्यसमा नीलडामसमेत देखिएको बताइएको छ ।
अक्टोबर महिनामा एलन मस्कले विभिन्न मुद्दा मामिलापछि माइक्रो ब्लगिङ साइट ट्विटर खरिद गरे । ट्विटर खरिद गरेदेखि नै मस्क विभिन्न कारणले चर्चामा छाइरहे । ट्विटरमा कर्मचारीको व्यापक कटौती, ब्लु टिकका लागि तिर्नुपर्ने शुल्क, चरा हटाई कुकुर बनाएको लोगोमा परिवर्तन, यी सबै व्यापक चर्चित भए ।
