२०८१ बैशाख १३ बिहीबार

आमा कारागारमा, छोरी पनि ब्राउन सुगरसहित पक्राउ

झापा । प्रतिबन्धित लागू औषधको मुद्दामा झापा कारागारमा जेल जीवन बिताइरहेकी मेचीनगर- १३ धाइजनकी भारती राजवंशीकी छोरी अनुजा राजवंशी पनि ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।

बुधवार साँझ ५ बजे मेचीनगर नगरपालिका- १३ धाईजन चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा २० वर्षीया अनुजालाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

अनुजाकी आमा भारती ५ महिनाअघि लागू औषधसम्बन्धी मुद्दामा झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छिन् । आमा भारतीलाई भेट्न जाने क्रममा प्रहरीलाई शङ्का लागेर अनुजालाई प्रहरीले निगरानीमा राखेको अवस्थामा उनी लागू औषधसहित फेला परेकी हुन् ।

२०७९ चैत्र ३०, बिहीबार प्रकाशित 1 Minute 272 Views

ताजा समाचार