२०८३ जेष्ठ २८ बिहीबार

आमा कारागारमा, छोरी पनि ब्राउन सुगरसहित पक्राउ

झापा । प्रतिबन्धित लागू औषधको मुद्दामा झापा कारागारमा जेल जीवन बिताइरहेकी मेचीनगर- १३ धाइजनकी भारती राजवंशीकी छोरी अनुजा राजवंशी पनि ब्राउन सुगरसहित पक्राउ परेकी छन् ।

बुधवार साँझ ५ बजे मेचीनगर नगरपालिका- १३ धाईजन चोकमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले विभिन्न सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा २० वर्षीया अनुजालाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथबाट ९ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

अनुजाकी आमा भारती ५ महिनाअघि लागू औषधसम्बन्धी मुद्दामा झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छिन् । आमा भारतीलाई भेट्न जाने क्रममा प्रहरीलाई शङ्का लागेर अनुजालाई प्रहरीले निगरानीमा राखेको अवस्थामा उनी लागू औषधसहित फेला परेकी हुन् ।

२०७९ चैत्र ३०, बिहीबार प्रकाशित 1 Minute 488 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।