२०८१ बैशाख १४ शुक्रबार

१६५ जना प्रहरी जवान दीक्षीत

“कर्तव्य निष्ट भएर काम गर्न निर्देशन “

झापा । सशस्त्र प्रहरीका १६५ जना जवानहरुको आज दीक्षान्त कार्यक्रम गरि काम गराउन सुरु गरिएको छ । दुई चरणमा गरि ३४ हप्तासम्म तालिम सञ्चालन भएको थियो ।

सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालय कमल झापा पाडाजुँगीमा यो तालिम भएको थियो ।
विभिन्न भूगोलबाट सहभागी भएकाहरुलाई हतियार सम्बन्धीको ज्ञान, फल्ड क्राफ्ट, ब्याटल क्राप्ट, ग्याप रिडिङ, युद्धकला, प्रतिविद्रोह युद्धकाल,फिल इन्जिनियरिङ, सशस्त्र प्रहरी बल नेपाल सम्बन्धीको सांघठानिक जानकारी, मेडिकल मानव अधिकार लैङक सवाल, अपराध

अनुसन्धान तथा नियन्त्रणलगायात विषयमा विभिन्न तालिम निर्देशकहरुले तालिम दिइएको थियो ।

गत बैशाख १६ गते उघाटन भएको तालिमको आज सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक सीमा सुरक्षा विभाग प्रमुख बंशीराज दाहालको प्रमुख आतिथ्यतामा आयोजीत दीक्षान्त कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु, स्थानि सरकारका प्रमुखहरु, विभिन्न राजनैतिकल दलका जिल्ला स्तरका राजनिज्ञ एवं अन्य सामाजीक व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा देशको शान्त्री सुरक्षा र प्रतिवद्धतामा सबै नव जवाहरुलाई सामुहिक प्रतिज्ञा गराएर काममा लाग्न निर्देशनक गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरक्षक दाहालले कर्तव्य निष्ट भएर इमान्दारपूर्वक जनता र देशको रक्षामा खटिन तालिम प्राप्त सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन दिएका थिए ।

२०७९ चैत्र २४, शुक्रबार प्रकाशित 0 Minutes 242 Views

ताजा समाचार