२०८१ बैशाख १४ शुक्रबार

सोलो सगरमाथा आरोहण गर्दै झापाका जयराम

-विनिशा शर्मा

मेचीनगर, चैत २२ । सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्किएका झापाका युवा जयराम दाहाल (राम बहादुर) नाम्चेबाट उकालो लागेका छन् ।

झापा मेचीनगर–१५ का उनी सगरमाथा आरोहण गर्ने क्रममा सगरमाथा आधार क्षेत्र पुगेका हुन् । उनी पेशाले टे«किङ गाइड हुन् ।

पर्वतारोहण र यात्रा गर्ने रुचाउने उनी फोटोग्राफी र भिडियोग्राफीका शौखिन हुन् । उनी एपेक्स नेपाल टे«क एन्ड टुर्सका सञ्चालक हुन् ।

जलवायु संकटले विश्वमा असर पारेको जनजीवन कष्टकर बन्दै गएको भन्दै सन्देश दिन उनी सगरमाथा आरोहणमा निस्किएका हुन् ।

त्यस्तै, सगरमाथा र सगरमाथा काम गर्ने मान्छेहरुको बारेमा नजिकबाट महसुस गर्न यात्रामा निस्किएको दाहालले बताएका छन् ।

सगरमाथा आरोहरणका लागि आवश्यक अन्य बन्दोबस्त उनी आफैँले गरेका हुन् । उनले सगरमाथाको सोलो क्लाइबिङ गर्दै छन् ।

यसअघि उनले सन् २०२० को अक्टोबरमा लोबुचे पिक र आइलन पिक हिमाल आरोहण गरेका थिए । उनले आइस क्लाइबिङ र रक क्लाइबिङ पनि गरेका छन् ।

उनी सगरमाथा आरोहणका लागि दुई महिना सगरमाथामै रहने छन् ।

२०७९ चैत्र २३, बिहीबार प्रकाशित 0 Minutes 245 Views

ताजा समाचार