२०८१ बैशाख १४ शुक्रबार

दौडिनुपर्ने सरकार तुना बाँध्नमै अल्मल्लियो :गगन थापा

काठमाडौ – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले थापाले सरकार दौडिनुपर्ने अवस्था भएपनि तुना बाँध्नमै अल्मल्लिएको टिप्पणी गरेका छन । आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले सरकार अल्मल्लिएको भन्दै दौडिन शुरु गर्नुपर्नेमा जोड दिएका हुन । महामन्त्री थापाले प्रधानमन्त्री र मन्त्रीहरुलाई तीन महिनासम्म अनलाइन र टेलिभिजनमा अनुहार नदेखाई काम गरेर देखाउन आग्रह पनि गरे ।

महामन्त्री थापाले आगामी पाँच छ महिनामा सरकारले नागरिकलाई लक्ष्यमा पुग्छ भन्ने भरोसा दिलाउन सक्नुपर्ने उल्लेख गरे । उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई अनावश्यक खर्च कटौतीका लागि सचिवालय सदस्यको संख्या घटाउन सुझाव दिए ।

सरकार खर्च मितव्ययी तथा विकासको क्षेत्रमा हुने खर्च र पुँजिगत खर्चमा भने अझ सुधार गर्नुपर्नेमामा उनको जोड छ । देशको आर्थिक संकट समाधान गर्नका लागि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दल एमालेसँग पनि सम्वाद गर्नुपर्नेमा उनको जोड थियो । महामन्त्री थापाले सरकार र नेपाल राष्ट्र बैंककाबीचमा पनि विश्वसनीय सम्बन्ध हुनुपर्ने उल्लेख गरे ।

२०७९ चैत्र २२, बुधबार प्रकाशित 1 Minute 197 Views

ताजा समाचार