२०८१ बैशाख ४ मंगलवार

रविविरुद्ध परेको रिटमा सर्बोच्चद्धारा कारण देखाऊ आदेश जारी,उम्मेदवार कायमै

 

काठमाडौं – निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम गरेको छ । लामिछानेको उम्मेदवारीविरुद्ध परेका तीन वटा उजुरीमा दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उजुरी खारेज गरेको हो । उनका प्रतिस्पर्धी उम्मेदवारले गरेको दाबी विरोध खारेज भएसँगै उनको उम्मेदवारी कायम भएको छ ।

यसअघि लामिछानेले आफूविरुद्ध परेको उजुरी सम्बन्धमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ६ पृष्ठ लामो स्पष्टीकरण बुझाएका थिए । राष्ट्रिय जनमोर्चाका तर्फबाट उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी, स्वतन्त्र उम्मेदवार सन्तोष थापा र अर्का स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवहरि सुवेदीले उजुरी दर्ता गराएका थिए ।

आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण कानुन व्यवसायी युवराज पौडेलले इमेलमार्फत दर्ता गराएको उजुरी भने नलाग्ने आयोगले निर्णय गरेको छ ।

२०७९ चैत्र २२, बुधबार प्रकाशित 1 Minute 108 Views

ताजा समाचार