२०८१ बैशाख ८ शनिबार

काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचितहरूकाे शपथ ग्रहण तथा पदस्थापन

काँकरभिट्टा, चैत २० । काँकरभिट्टा बहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित पदाधिकारी तथा सदस्हयरूलाई सपथ ग्रहण गराइएको छ ।

निर्वाचन समितिका संयोजक हेमकुमार खड्काले सम्पुणर् निर्वाचितहरूलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङले स्ववियुमा निर्वाचितहरूलाई प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि गोपाल तामाङ, मेचीनगरकी उपप्रमुख मिना उप्रेती, नवनिर्वाचित स्ववियु अध्यक्ष विशाल तामाङ, निवर्तमान स्ववियु अध्यक्ष सुरज सुवेदी, पनिता ढकाल, दुर्गाप्रसाद सापकोटा, मिलनकुमार ढुंगाना, कमल थापालगायतले शुभकामना मन्तब्य राखेका थिए ।

चैत १० गते सम्पन्न स्ववियुको निर्वाचनमा नेविसंघका विशाल तामाङ, उपाध्यक्ष सन्दिप न्यौपाने, सचिवमा सुवास खत्री, सहसचिवमा अजय गुप्ता र कोषाध्यक्षमा नेकपा एस निकट अनेरास्ववियूकी अनुषा अर्याल हुनु भएको थियो । त्यस्तै, सदस्यमा निर्वाचित हुनेमा रिया ढुंगाना, सुरज राई, योगेन्द्र खड्का (बरदान), अंकित चम्लागाई, सुरज चिमरिया, अमिसा खडिया, संगम बराल, सन्तोष धमला, बिश्वास दाहाल र मानव ढुंगेल हुनुहुन्छ ।

सपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले स्वागत मन्तव्य गरेका थिए भने लम्बोधर पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

२०७९ चैत्र २०, सोमबार प्रकाशित 0 Minutes 475 Views

ताजा समाचार