२०८१ बैशाख ४ मंगलवार

पौडेल परिवारद्धारा खाल्डे माविमा अक्षयकोषको स्थापना

कुमार खड्का

पाँचथर-पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ निवासी पौडेल परिवारले स्वार्गिय बुबा खम्बसिं पौडेलको स्मृतिमा  बिद्यालयमा अक्षयकोषको स्थापना गरिदिएका छन। पौडेल परिवारले स्वार्गिय  खम्बसिं पौडेलको २२ औँ पुन्य तिथिको अवसर पारेर बिद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन।

पौडेल परिवारले स्वार्गिय  खम्बसिं पौडेलको स्मृतीमा खाल्डे माध्यमिक विद्यालयमा १ लाख ५१ हजारको अक्षयकोषको स्थापना गरिदिएका छन। अक्षयकोषको रकम  स्वार्गिय  खम्बसिं पौडेलका श्रीमती पदमी पौडेलले बिद्यालयका प्रधानध्यापक ऐगेन्द्र बहादुर खड्कालाई हस्तान्त्रण गरेकी थिईन। ६ जना छोरा ४ बिहिनी छोरीहरुले स्वार्गिय बुबा खम्बसिं पौडेलको स्मृतीमा अक्षयकोषको स्थापना गरिएको कान्छा छोरा टंक पौडेलले बताए।

गरिव, बिपन्न तथा जेहन्दार विद्यार्थीहरूलाई पढाइमा अभिरुची बढाउनुको साथै स्कूलको शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोषको स्थापना गरिदिएको उनले बताए। साथै आगामी दिनमा अक्षयकोषको रकम थप बढाउने उद्धेश्य रहेको उनको भनाई छ। टंक पौडेल केहि समय अघिमात्र सोहि बिद्यालयमा बिद्यालय ब्यस्थापन समितिको अध्यक्षमा चयन भएका थिए।

त्यस्तै खाल्डे माविमा यो नै पहिलो अक्षयकोष पनि बनेको बिद्यालयका प्रधानध्यापक ऐगेन्द्र बहादुर खड्काले बताएका छन। अक्षयकोषको रकमबाट आउने ब्याजले दाताको चाहाना अनुसार शैक्षिक गुणस्तर सुधार गर्न कार्यक्रम गर्ने प्रधानध्यापक  खड्काको भनाई छ।

२०७९ चैत्र १९, आईतवार प्रकाशित 1 Minute 196 Views

ताजा समाचार