२०८१ बैशाख ६ बिहीबार

आधुनिक सहकारीले बाँड्यो पाँच सय घर सदस्यलाई बिउविजन

मेचीनगर । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि. (आबस)ले सदस्यहरुलाई बिउविजन वितरण गरेको छ । सदस्य शिक्षा तथा वित्तिय शाक्षरता कार्यक्रमको आयोजना गर्दै यस सहकारी संस्थाले पाँच सय बढि घर सदस्यलाई मौसम अनुकुलको बिउविजन वितरण गरेको हो ।

मेचीनगर-२ भृकुटीस्थित ज्येष्ठ नागरिक भवनमा आयोजित साक्षरता कार्यक्रममा सहभागी सदस्यहरुले बिउविजन प्राप्त गर्दै सहकारी संस्थाप्रति आभार व्यक्त गरेका छन् । संस्थाका व्यवस्थापक पारस ओली, भद्रपुर कार्यालय प्रमुख प्रकाश आचार्य साथै बिर्तामोड कार्यालय प्रमुख माधव भट्टराईलगायतले प्रशिक्षण दिनुभएको कार्यक्रममा सदस्यहरुलाई विगतका वर्ष झैँ संस्थाका विविध कारोबारका बारेमा जानकारी गराइएको थियो । सहकारीबारे आधारभूत ज्ञान, सहकारीले प्रदान गर्ने सेवा अन्तर्गतका बचत सेवा र ऋण सेवासँगै सहकारी नीति, नियमबारे सदस्यहरूलाई जानकारी दिन कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कमल थापाले जानकारी दिनुभएको छ ।

संस्थाका शेयर सदस्यको सहभागिता रहेको कार्यक्रममा संस्थाका व्यवस्थापक पारस ओलीले सहजीकरण गरेका थिए । उनले आधुनिकको सांगठनिक संरचना, यसका नीति तथा कार्यक्रम, सेवा सुविधा, क्षेत्र आदिबारे जानकारी गराउनुको साथै असल संस्कार र स्वस्थ जीवनशैलीका विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षार्थी सदस्यहरुकातर्फबाट धरणीधर पोख्रेल, बलराम कार्की र छलबहादुर सारुले कार्यक्रमबाट आफूहरु लाभान्वित भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने प्रतिक्रिया दिएका थिए ।

साथै कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले आधुनिक साकोसले कृषि सम्बन्धी महत्वपुर्ण कार्यक्रम आयोजना गरेको भन्दै यस्ता कार्यक्रमले सदस्यहरुको क्षमता वृद्धिमा सहयोग पुग्ने बताउनुभयो । ‘सहकारी संस्थाहरुले यस्ता कार्यक्रमहरु निरन्तर आयोजना गर्न जरुरी छ, जसका लागि सहकार्य गर्न स्थानीय सरकार सधैँ तयार रहन्छ ।’ उहाँले भन्नुभयो ।

संस्था अन्तर्गत भृकुटी उपसमिति सदस्य पुस्पलाल गुरागाईले स्वागत गर्नुभएको कार्यक्रममा संस्थाका उपाध्यक्ष युवराज भट्टराईले औचित्य माथी प्रकाश पार्नुभएको थियो भने भृकुटी कार्यालय प्रमुख पवित्रा थापाको सञ्चालन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष कमल थापाको अध्यक्षता तथा मेचीनगर वडा नं २ का वडा अध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

२०७९ चैत्र १९, आईतवार प्रकाशित 1 Minute 406 Views

ताजा समाचार