२०८१ बैशाख ८ शनिबार

जनयुद्धको समयमा स्वईच्छाचारी ढंगले जघन्य अपराध गरेकाहरुले छुट नपाउने गगनको दावी

जनयुद्धको समयमा स्वईच्छाचारी ढंगले जघन्य अपराध गरेको जो कोहीले पनि छुट नपाउने नेपाली काँगे्रसका महामन्त्री तथा सांसद गगन थापाले बताएका छन् । नेपाली काँगे्रस बाँकेले आयोजना गरेको प्रथम जिल्ला सम्मेलनमा बोल्दै महामन्त्री थापाले सत्य निरुपन तथा मेलमिलाप आयोग र बेपत्ता परिवार सम्बन्धि सरकारले संसदमा संशोधन बिधेयक दर्ता गरेकाले स्वईच्छाचारी ढंगले जघन्य अपराध गरेको जो कोहीले छुट पाउनु हुदैन भन्नेमा नेपाली काँगे्रस प्रष्ट रहेको बताएका हुन् ।

आगामी २०८४ सालको संसदीय निर्वाचनमा नेपाली काँगे्रसले कसैसंग तालमेल नगरेर एक्लै निर्वाचनमा लड्ने महामन्त्री थापाले बताए । उनले सरकार बनाउने बेला तालमेल गर्नु स्वभाविक भएपनि चुनाव अगावै तालमेल गरिने परिपाटीले प्रजातन्त्रलाई बिकृतिको दिशातर्फ उन्मुख बनाउदै लिएको बताए । उनले वर्तमान सरकारले अबको पाँच महिना भित्र परिनाम दिनेगरी काम गर्नुपर्छ र नेपाली काँगे्रसबाट सरकारमा सहभागि मन्त्रीले ३ महिना भित्र जनतालाई आभास हुनेगरि परिणाम दिन नसके घर फिर्ता हुनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँगे्रका तर्फबाट राष्ट्रिय सभाकी प्रमुख सचेतक अनिता देबकोटाले पार्टीले महिलाहरुलाई कुनै भेदभाव नगरि टिकट दिईनुपर्ने बताईन् । कार्यक्रममा नेपाली काँगे्रस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, बाँकेका सभापति नाराणप्रसाद गौडेल लगायतका बक्ताहरुले सम्बोधन गरेका थिए ।

२०७९ चैत्र १८, शनिबार प्रकाशित 0 Minutes 150 Views

ताजा समाचार