२०८१ बैशाख ४ मंगलवार

खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबलाई

छैटौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । धनगढी रंगशालामा शनिबार भएको फाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई २–० गोल अन्तरले हराउँदै थ्री स्टार च्याम्पियन बनेको हो ।

थ्री स्टार पहिलो पटक खप्तड गोल्डकपको च्याम्पियन बनेको हो । थ्री स्टारको जितमा अनिल महर्जनले खेलको ७३औँ र इन्जुरी समयको चौथो मिनेटमा कप्तान विक्रम लामाले गोल गरे । उपाधिसँगै थ्री स्टारले २१ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेको मनाङले १० लाख रुपैयाँ प्राप्त गरेको छ ।

सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ‘ए’ डिभिजनका ६, दुई विदेशी टिम, मोससलको बागमती युथ क्लब र आयोजक क्लब गरी १० टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेतालाई प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवा लगायतले पुरस्कार हस्तान्तरण गरेका हुन् ।

२०७९ चैत्र १८, शनिबार प्रकाशित 0 Minutes 210 Views

ताजा समाचार