२०८१ बैशाख ७ शुक्रबार

खानेपानीमन्त्री खानले दिए राजीनामा

काठमाडौं – खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष खानले राजीनामा बुझाएका हुन् । गठबन्धन दलबीच जनमत पार्टीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो । खानलाई खानेपानी मन्त्रालयदेखि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिने सहमति भए पनि अन्तिममा खानेपानीमै राखेपछि उनले चित्त दुखाए राजीनामा बुझाएका हुन् ।तर, जनमतले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन ।

मन्त्री खान पुस ११ गते दाहाल नेतृत्वको सरकारमा विनाविभागीय मन्त्रीका रुपमा नियुक्त भएका थिए । पछि उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको थियो । तर, पनि उनले असन्तुष्ट जनाउँदै एक सातासम्म मन्त्रालयको जिम्मेवारी लिएका थिएनन् । अर्कोपटकको मन्त्रिपरिषद् विस्तारमा आफूलाई उद्योग वाणिज्य तथा आपूर्ति वा कृषि मन्त्रालयको जिम्मेवारी दिने आश्वासन पाएपछि खानेपानी मन्त्रालयकै जिम्मेवारी लिएको खान स्वयंले स्वीकारेका थिए ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 165 Views

ताजा समाचार