२०८१ बैशाख १२ बुधबार

कांग्रेसले टुंग्यायो सरकारमा जानेहरुको नामावली

 

काठमाडौ- नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खडका रक्षा तथा उपप्रधानमन्त्री बनेर सरकारमा जाने भएका छन । कांग्रेसले प्रकाशरण महतलाई अर्थमन्त्री बनाउने भएको छ । अर्का उपसभापति धनराज गुरुङ सामान्य प्रशासनमन्त्री बन्ने भएका छन् । रमेश रिजाललाई परराष्ट्र, एनपी साउदलाई सहरी विकास, सीता गुरुङलाई भूमि व्यवस्था, डिगबहादुर लिम्बूलाई न्याय, कानुन तथा संसदीय मामिला र मोहनबहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी छरु ।

माओवादीको भागमा प्रधानमन्त्री बाहेक गृह, ऊर्जा, सञ्चार, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय परेका छनरु। अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय पाउने भएका छन् । अहिले नै सञ्चारमन्त्रीमा रेखा शर्मा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा सुदन किराती छन रु। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कांग्रेसको भागमा परेकाले वर्तमान मन्त्री अमनलाल मोदीले महिला तथा बालबालिका मन्त्रालय पाउने भएका छनरु ।

शक्ति बस्नेतलाई ऊर्जा मन्त्रालय दिने प्रधानमन्त्री दाहालको तयारी छ रु। माओवादीबाटै सुशीला सिर्पाली ठकुरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छिनरु। एकीकृत समाजवादीका उपाध्यक्ष भुसालले कृषि मन्त्रालय पाउने भएका छन् रु। पार्टी उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्ने भएका छन् । जसपाले शिक्षा मन्त्रालय लिने भएको छ, अर्को मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको छ रु। लोसपाबाट वरिष्ठ नेता शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् रु।

नेसपाबाट महिन्द्र राय यादव खानेपानीमन्त्री बन्ने तयारी छरु। नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालय लिने भएकी छन् रु। हाल खानेपानीमन्त्री रहेका जनमतका अब्दुल खानले उद्योग मन्त्रालय खोजेका छन् रु। आम जनता पार्टीका अध्यक्ष प्रभु साहका लागि मन्त्रालय टुंगिन बाँकी छरु। राष्ट्रिय स्वतन्त्र पाटीलाई भने उपनिर्वाचनपछि सरकारमा सहभागी गराउने समझदारी भएको छ ।

२०७९ चैत्र १७, शुक्रबार प्रकाशित 1 Minute 256 Views

ताजा समाचार