२०८१ बैशाख १५ शनिबार

कोशी प्रदेश नाम खारेजीको माग गर्दै धरान उपमहानगर सहित २० वटै वडा कार्यलयमा तालाबन्दी

 

कोशी प्रदेश नाम खारेजीको माग गर्दै आन्दोलतर पहिचानवादीहरुले आज धरानका २० वटै वडा कार्यालय र धरान उपमहानगरपालिकामा तालाबन्दी गरेका छन् । उनीहरुले कोशी प्रदेश नाम लेखिएको प्याड र स्टाम्प समेत जलाइदिएका छन् ।सरकारले प्रदेश नं. १ को नाम कोशी राखेपछि पहिचानवादीको संयुक्त मोर्चा नै बनाएर आन्दोलनमा उत्रिएका उनीहरुले आज धरानका २० वटै वडा र धरान उपमहानगरपालिकाको मुल गेटमा तालाबन्दीसँगै कोशी प्रदेश लेकेको प्याड र स्टाम्प जलाइदिएका छन् ।

वडा नं. ५ र १५ तालाबन्दी गरेर शुरु गरेको अभियान उनीहरुले क्रमश २० वटै वडामा गरेका हुन् । उनीहरुले गरेको तालाबन्दीका समयमा बाक्लो सुरक्षा टोली खएिटएको भएपनि प्रहरीले पहिचानवादीको आन्दोलनको आन्दोलन विथोल्ने प्रयास नगरेका कारण उनीहरुको आन्दोलन शान्तिपूर्ण ढंगबाट भएको थियो । उनीहरुले तालाबन्दी गर्न जाँदा मुख्यमन्त्री हिकमत कार्की मुर्दावाद, कोशी प्रदेश खारेज गर लगायतका नारा लगाएका थिए ।

पहिचानको आन्दोलनसँगै पछिल्लो समय उनीहरुको आन्दोलनमा अर्को नारा थपिएको छ । गत चैत्र ५ गते विराटनगरमा भएको पहिचानको आन्दोलनमा घाइते भई चैत्र १० गते उपचारकै क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका पदम लिम्बुलाई राष्ट्रिय सहीद घोषणाको माग अगाडि उठाएका छन् । सरकारले राहत स्वरुप तीन लाख रुपैया दिएर अल्मलाउन प्रयास गरेको, पहिचानवादीहरुलाई पाखा लगाएर कोशी प्रदेश राखिएको बताउदै जबसम्म यी मागहरु पूरा हुदैनन् तवसम्म आन्दोलन निरन्तर रही रहने चेतावनी समेत दिएका छन् ।

उनीहरुले शान्तिपूर्ण आन्दोलनमा अश्रुग्यास, हवाई फायर गरेको बताउदै सहेर आन्दोलन गरेको बताएका छन् । सरकारले शान्तिपूर्ण आन्दोलनलाई दबाएर बन्दुक उठाउन बाध्य नपार्न उनीहरुले चेतावनी दिए ।कोशी प्रदेश नामाकरणपछि संघर्ष समितिनै बनाएर सशक्तआन्दोलनमा उत्रिएका उनीहरुले स्थानीय तहको तालाबन्दी पछि अर्को कार्यक्रम चाडै नै सार्वजनिक गर्ने बताएका छन् ।

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 1 Minute 173 Views

ताजा समाचार