२०८१ बैशाख १३ बिहीबार

देउवा दम्पतीको गिरोहको हेपाइ र अपमानले पार्टी छाड्नु पर्ने अवस्था आयो :अर्थशास्त्री डा स्वर्णिम वाग्ले

 

अर्थशास्त्री डा स्वर्णिम वाग्लेले कांग्रेस छाडेका छन् । कांग्रेसका चार जना नेतालाई आज पत्र लेखेर डा वाग्लेले कांग्रेस छाड्ने निर्णयमा पुगेको जानकारी दिएका हुन । डाक्टर शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँगै डा गोविन्द पोखरेललाई पत्र लेख्दै डाक्टर वाग्लेले कांग्रेसमा रहन सक्ने स्थिति नरहेकाले पार्टी छाड्नुपरेको उल्लेख गरेका हुन ।

पार्टी सभापति शेरबहादुर देउवा दम्पतीको गिरोहको हेपाइ र अपमानले पार्टी छाड्न पर्ने अवस्था आएको उनको पत्रमा उल्लेख छ । उनको पत्रकमा पत्र लेखेका नेताहरु पार्टीको हैसियत बनेका दिन कांग्रेसमै जोडिने इच्छा समेत बाग्लेको प्रकट गरेका छन ।

वाग्ले तनहुँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्ने चर्चा छ । वाग्ले २०७४ सालमा देउवा प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए । २०७९ सालमा चितवनबाट चुनाव लड्न खोजेपनि उनलाई टिकटवाट बन्चित गरिएको थियो । वैशाख १० गते हुने उपनिर्वाचनमा पनि टिकट नपाएपछि उनले कांग्रेस छाडेका हुन ।

२०७९ चैत्र १६, बिहीबार प्रकाशित 1 Minute 153 Views

ताजा समाचार