२०८१ बैशाख १४ शुक्रबार

वर्तमान सरकार पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको दाबी

न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँका शुरु भएको छ । बुधवारबाट देशभरका स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन शुरु भएको हो । राष्ट्रिय सम्मेलनको डिजटल एपको उद्घाटन गरी शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार पाँच वर्ष टिक्ने दाबी गरे । उनले सरकार विस्तारै लयमा आइरहेको भन्दै अब देश विकासका काममा लाग्ने प्रतिवद्धता पनि बताए ।

सम्मेलनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भएका सभ्यताहरुको जगेर्ना गर्नेकुरा पहिलो प्राथमिकतामा हुनुपर्ने बताए । उनले केन्द्रको सरकार नकिटिदिँदा स्थानीय सरकारलाई कतिपय काम गर्न असहज भएकाले केन्द्र सरकार टिकाउनुपर्ने पनि बताए । पहिला भएका सम्पती र सभ्यता जोगाउनसके लिपुलेक र लिम्पयाधुरा जोगाउन सकिने प्रमुख साहको भनाइ छ ।

प्रमुख साहले न्यायिक समितिले सरकार भनेको सिंहदरबारमा मात्रै नभइ पालिकापालिकामा छ भन्ने अनुभुति नागरिकलाई दिलाउन सक्नुपर्ने बताए । न्याय माग्न ११ दिन काठमाडौं महानगरपालिकामा हिँडेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न न्यायिक समितिले प्रभावकारी भुमिका खेल्ने विश्वास उनको छ । प्रधानमन्त्री दाहालले उद्घाटन गरेको डिजिटल एप न्याय सेवा, अनलाइनमार्फत दिने उद्देश्यले सञ्चालनमा ल्याइएको जनाइएको छ ।

 

२०७९ चैत्र १५, बुधबार प्रकाशित 1 Minute 206 Views

ताजा समाचार