२०८३ जेष्ठ २८ बिहीबार

मेचीपुलबाट लागुऔषधसहित दुई युवा पक्राउ

भद्रपुर, १५ चैत । मेचीनगरस्थित मेचीपुलबाट प्रहरीले लागुऔषधिसहित दुई युवालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले हिजो बेलुका मेचीनगर–६ स्थित पुरानो मेचीपुलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई युवालाई पक्राउ गरेको हो ।

मे १० प ३८०७ नम्बरको स्कुटी चालक शिवसताक्षी–१ का २४ वर्षीय प्रजन्त राई र स्कुटी पछाडी सवार बाँके नेपालगञ्ज–६ घर भई हाल बिर्तामोड–१ मा डेरा गरी बस्दै आएका २१ वर्षीय शोहन भडेललाई शंका लागि चेकजाँच गर्दा स्कुटीको भाईजरमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध खैरो हिरोइन जस्तो देखिने लिसाइलो पदार्थ चार ग्राम फेला परेकाले उनीहरुलाई स्कुटीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखी थप अनुसन्धान भइरेहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

२०७९ चैत्र १५, बुधबार प्रकाशित 0 Minutes 496 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।