२०८१ बैशाख १३ बिहीबार

एसीसी प्रिमियर कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

१५ चैत, काठमाडौं । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारा्भिक टोली घोषणा गरेको हो । जसमा यू-१९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् ।

टोलीमा नेपालले पछिल्लो समय लिग टु खेलेका सबै खेलाडीहरु समावेश छन् ।

१० राष्ट्र सम्मिलित प्रिमियर कप अप्रिल १८ देखि मे १ सम्म हुनेछ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् । समूह ‘बी’ मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

दुवै समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनल पुग्ने छन् ।

विजेता टोली एसिया कपका लागि छनोट हुनेछ ।

२०७९ चैत्र १५, बुधबार प्रकाशित 1 Minute 280 Views

ताजा समाचार