२०८१ बैशाख १४ शुक्रबार

मिटरब्याजलाई अपराध मानेर कानुन बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले मिटरब्याजलाई अपराध मान्दै आवश्यक कानुन बनाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजललाई अपराध मानेर कानुन बनाउँदै पीडितलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

त्यसका लागि अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । मिटरब्याजी पीडितहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाडौँ आएर आन्दोलन थालेपछि सरकारले गम्भीरता देखाउँदै आवश्यक निर्णय गरेको हो ।

२०७९ चैत्र १४, मंगलवार प्रकाशित 0 Minutes 405 Views

ताजा समाचार