२०८१ बैशाख १२ बुधबार

युवामाझ लोकप्रिय छवि बनाएका सन्जय श्रेष्ठ

धुलाबारी । धुलाबारी खानेपानी उपभोक्ता समितिको कार्यसमिति सदस्य पदमा उठेका छन् । युवा व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक संघसंस्थालाई साझा थलोको रुपमा विकास गर्न चाहन्छन् ।

धुलाबारी बजारमा उनको व्यवसाय छ । साई कृपा कपि उद्योग तथा स्टेसनरी र प्रिन्टिङ प्रेसका सञ्चालक समेत रहेका श्रेष्ठले आफूलाई सामाजिक कर्ममा लगाउन सबैको सहयोग र साथको अपेक्षा राखेका छन् ।

समाजमा रहेका दिनदुःखी र बेसहाराका लागि सहाराका रुपमा उनी उभिने छन् । कसैलाई दुःख पर्यो या अप्ठ्यारो पर्दा उनी त्यहाँ पुग्छन् । सहयोग र साथीभाई भनेपछि मनकारी सन्जयले धुलाबारीका युवाहरुलाई समेटेर सामाजिक संस्था सञ्चालन पनि गरेका छन् । राइजिङ युथ अफ मेचीनगर स्थापना गर्न उनकै महत्वपूणर् भूमिका रह्यो । सो क्लबका उनी संस्थापक सदस्य पनि हुन् । उक्त क्लबले धुलाबारी क्षेत्रमा सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।

पद भन्दा पनि काममा विश्वास राख्ने उनी संस्थालाई साझा थलो बनाउन चाहन्छन् । उनको उम्मेदवारी पनि त्यसैका लागि हो । स्पष्ट भिजन बोकेर उनी चुनावी मैदानमा उत्रिएका छन् । खानेपानी संस्थालाई राम्रो र सर्वसुलभका निमित्त उनीसँग थुप्रै योजनाहरु छन् । ती योजनालाई पूरा गर्न उनको उम्मेदवारी रहेको हो । उनी भन्दछन्, “उपभोक्ताको चाहना अनुरुप खानेपानी संस्थामा हाम्रो भूमिका चाहिएको छ । त्यसका लागि आम उपभोक्ता महानुभावलाई मत दिएर विजयी गराइदिन हुन विनम्र अनुरोध गर्दछु ।”

धुलाबारी खानेपानीमा यही चैत १८ गते शनिबार निर्वाचन हुँदैछ । ११ (पाँच मनोनित) पदमा हुन लागेको निर्वाचनमा एकल तथा गठबन्धन बनाएर सक्रिय राजनीतिक दलहरु चुुनावी मैदानमा उत्रिएका छन् । सबै दलहरुले युवालाई अघि सारेका छन् ।

२०७९ चैत्र ११, शनिबार प्रकाशित 0 Minutes 239 Views

ताजा समाचार