२०८३ जेष्ठ २१ बिहीबार

प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्ला कि भन्ने डर : गगन थापा

 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गरेका छन् । शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फेरी प्रधानमन्त्री हुन पाईदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गरेका हुन् । मान्छेलाई बढि पाउने इच्छा हुने भन्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताए ।

महामन्त्री थापाले बालबालिकाहरुलाई भने डर दिने गरी शैक्षिक वातावरण बनाउन नहुने बताए । महामन्त्री थापाले सानासाना बालबालिकामा डर पलाउनु भनेको पछि गएर जिन्दगीसँग हार खानु हुने भएकाले उनीहरुलाई प्रोत्साहित हुने गरी शिक्षा दिनुपर्ने बताए । महामन्त्री थापाले बालबालिकाहरुलाई एकअर्कासँग तुलना गर्न नमिल्ने भन्दै उनीहरुलाई पहिलो हुने र दोस्रो हुने भनेर परीक्षाको नाममा तनाव दिन नहुनेसमेत बताए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित 1 Minute 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।