२०८१ बैशाख १२ बुधबार

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत प्राप्त

 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत परेको हो । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेको जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा प्रदेशसभा बैठकमा उपस्थित ९१ जना सांसदहरु मध्ये ६७ जना सांसदले मत दिएका हुन् ।

उनको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा १७ मत परेको छ भने सात जना सांसद तटस्थ बसेका थिए । मुख्यमन्त्री जम्कट्टेललाई माओवादी केन्द्रका २१, नेपाली कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसदले विश्वासको मत दिए ।

१ सय ११ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री जम्कट्टेललाई ५६ सांसदको समर्थन आवश्यक रहेको थियो । यससँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्व सरकारले निरन्तरता पाएको छ । राप्रपासहितका सांसदले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्रीले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित 1 Minute 165 Views

ताजा समाचार