२०८३ जेष्ठ २८ बिहीबार

वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त

 

शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै हुनुहुन्छ । उहाँको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा रहेको थियो । जसमा वसन्त कुँवर प्रहरी महानिरीक्षकमा नियुक्त हुनुभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताउनु भयो ।

वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार हुनुहुन्छ । आईजिपीको दौडमा कुँवर र ज्ञवालीबीच प्रतिष्पर्धा छ ।

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित 1 Minute 443 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।