२०८३ जेष्ठ २८ बिहीबार

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बर गुरुङको निधन

नेपालका पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक डम्बरसिंह गुरुङको ७१ वर्षको उमेरमा निधन भएको छ।

गुरुङलाई उपचारका लागि बुधबार पोखराको मणिपाल शिक्षण अस्पताल पुर्‍याइएकोमा त्यहाँ पुगेपछि उनलाई मृत घोषणा गरिएको थियो।

गुरुङको हृदयघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ।

गुरुङले सन् १९७४ मा थाइल्यान्ड र सन् १९८२ मा भारतको नयाँ दिल्लीमा खेलेका खेलमा नेपालको प्रतिनिधित्व गरेका थिए।

उनले यू–१४ र यू–१६ स्तरका प्रशिक्षक तथा ए डिभिजनको त्रिभुवन आर्मी फुटबल क्लब र एपिएफ फुटबल क्लबका प्रशिक्षकसमेत रहेका थिए।

उनका श्रीमती, तीन छोरी र एक छोरा छन्।

२०७९ चैत्र ९, बिहीबार प्रकाशित 0 Minutes 462 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।