२०८३ जेष्ठ २८ बिहीबार

प्रेस सेन्टर झापाले अक्षयकोष स्थापना गर्ने

झापा । प्रेस सेन्टर नेपाल झापा शाखाले अक्षयकोष स्थापना गर्ने भएको छ । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी कौडिन्य) को स्मृतिमा वितरण हुँदै आएको पत्रकारिता पुरस्कारलाई सहज र निरन्तर वितरण गर्नका लागि अक्षयकोषको स्थापना गर्न लागिएको हो ।

नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित प्रेस सेन्टर नेपाल झापाको नयाँ कार्यसमितिको पहिलो बैठकले अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । कोष स्थापनाका लागि अध्यक्ष राजु पाठकको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

मंगलबार बिर्तामोडमा बसेको बैठकले निवर्तमान समितिलाई धन्यवाद दिनुका साथै कार्यालय स्थापना गर्ने लगायत विविध विषयमा निर्णय गरेको छ।

२०७९ चैत्र ८, बुधबार प्रकाशित 0 Minutes 433 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।