२०८१ बैशाख ७ शुक्रबार

राजनीतिककर्मी कट्टेलको दोस्रो कृति ‘जीवनका मोडहरु’ विमोचन

झापा, ७ चैत । राजनीतिसँगै लेखन कर्ममा जुटेका राम कट्टेलको दोस्रो कृति सार्वजनिक भएको छ । विश्व कविता दिवसको अवसर पारेर कट्टेलले आफ्नो कविता संग्रह सार्वजनिक गरेका हुन् ।

कट्टेलको जीवनका मोडहरु कविता संग्रहको काङ्ग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले मंगलबार विमोचन गरेका हुन् । राजनीतिककर्मी कट्टेलको यसअघि कथा संग्रह सम्बन्ध लेखेका थिए । कृतिकार र प्रमुख अतिथि शर्माको गृहनगर धुलाबारीको अतिथि सदनमा संग्रह विमोचित कार्यक्रममा साहित्यकार तथा नगरबासीको बाक्लो उपस्थिति थियो ।

सरल भाषामा साहित्य सिर्जना गर्ने कट्टेलले सम्बन्ध नामाकरण गरेर कथा सँगालो सार्वजनिक गरेका जीवनका मोडहरु लोकार्पण गराएका हुन्। उनका दुबै कृतिको नाम जीवन भोगाइसँग निकट भएको विमोचन कार्यक्रममा सहभागीहरुको भनाइ छ । कृति विमोचनको पूर्वसन्ध्यामा महामन्त्री सामाजिक सञ्जालमा लेखेका थिए– जीवनका मोडहरुलाई स्वागत छ ! साहित्यकार एवम् राजनीतिज्ञ आदरणीय दाइ राम कट्टेललाई दोस्रो साहित्यिक कृतिका लागि हृदयदेखि धेरै शुभकामना !

कृति विमोचन कार्यक्रममा महामन्त्री शर्मा, कोशी प्रदेश सांसद गोपाल तामाङ, राजनीतिकर्मी साथै विभिन्न क्षेत्रका अगुवाको सहभागिता रहेको थियो ।

२०७९ चैत्र ८, बुधबार प्रकाशित 0 Minutes 249 Views

ताजा समाचार