२०८१ बैशाख १३ बिहीबार

पाथीभरा दर्शन गरेर फर्किने क्रममा एक जनाको मृत्यु

ताप्लेजुङ । पाथीभरा दर्शन गरेर फर्कने क्रममा मंगलबार माथिल्लो फेदीमा एक महिलाको मृत्यु भएको छ । बिर्तामोड–२ चारपाने झापाकी ४७ वर्षीया शिवमाया गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

नन्द, भाञ्जा र अरु तीनजना साथीसॅगै पाथीभरा दर्शन गर्न आएकी उनी सोमबार बिहान मन्दिर पुगेर बेलुका माथिल्लो फेदी फर्किएकी थिइन् । ३१ सय मिटर उचाइको माथिल्लो फेदिको होटलमा बास बसेकी उनी बिहान शौचालय गएकी थिइन ।

लामो समयसम्म नफर्किएपछि नन्दले खोजी गर्दा शौचालयमै लडेको अवस्थामा भेटाएको कार्कीले बताए । स्थानीय स्वास्थ्यकर्मी उमानाथ पौडेलले परीक्षण गर्दा मृत्यु भइसकेको पाइएको बताएका छन् ।

२०७९ चैत्र ७, मंगलवार प्रकाशित 0 Minutes 399 Views

ताजा समाचार