२०८१ बैशाख १४ शुक्रबार

गुणस्तरीय शिक्षाका लागि निरन्तर आवाज उठाउँछु : बिनम सरदार

मेचीनगर । मेचीनगर-६ बर्मेली टोल निवासी विनम सरदार काँकरभिट्टा क्याम्पसमा बि.बि. एस. चौथो बर्षमा अध्यनरत हुनुहुन्छ । सबै विद्यार्थी माझ लोकप्रिय रहनुभएका उहाँ विद्यार्थी कै आवाज निरन्तर उठाउने ठाउँमा पुग्ने प्रयासमा हुनुहुन्छ । ३ वटा संगठनको साझा उमेद्वारको रुपमा अध्यक्ष पदमा उमेद्वारी दिनुभएका उहाँले गुणस्तरीय शिक्षाका लागि निरन्तर आवाज उठाउने बताउनुभएको छ । उहाँ भन्नुहुन्छ ‘गुणस्तरीय शिक्षा आजको प्रमुख आवयश्यक्ता’ हो ।

क्याम्पसमा भाडाको बस सञ्चालन भइरहेकाले निजी बस सञ्चालन गर्न विद्यार्थी नेतृत्वबाट पहल गर्ने पनि उहाँको प्रमुख योजना हो । ‘पाँच वटा वडा कार्यालयको दुई दुई लाख र नगरपालिकाको सात लाख सहयोगमा क्याम्पस प्रशासनलाई निजी बस किन्न आग्रह गर्नेछौँ, वडा कार्यालयले विद्यार्थीलाई भाडाका लागि भनेर रकम विनियोजन गर्दै आएका छन् ।’ उहाँले भन्नुभयो ‘सोहि रकमलाई सदुपयोग गर्दै क्याम्पसको आफ्नै बस सञ्चालन गर्न हामी लाग्नेछौँ ।’

गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्तिमा समेट्न पनि हरपल आवाज उठाउने उहाँको भनाई छ । ‘पहिलो परिक्षामा सहभागि हुने सबै विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्तिको व्यवस्थाका निम्त्ति पहल गर्नेछु भने गरिब तथा जेहेनदार विद्यार्थीको मुल्यांकन गरी छात्रवृत्ति प्रदान गर्न क्यामपस प्रशासनसगँ समन्वय गर्नेछु ।’ उहाँ भन्नुहुन्छ ।

विद्याथीको क्षमता विकासका लागि अनुभव आदानप्रदान सम्बन्धि तालिम सञ्चालन गर्ने, विद्यार्थी र शिक्षकबिचको सम्बन्ध प्रगाढ बनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने पनि उहाँको प्रमुख योजना छ । ‘म यसै विद्यालयमा लामो समयदेखि अध्यनरत छु, मलाई यहाँको समस्या पनि थाहा छ र त्यसको समाधानका उपाय पनि थाहा छ ।’

यस्तै समस्यालाई पन्छाउँदै विद्यार्थीको हकहितका लागि निरन्तर आवाज उठाउने प्रतिवद्धता जनाउँदै मैले उमेद्वारी दिएको छु ।’ उहाँ भन्नुहुन्छ ‘म आफ्नो जिम्मेवारीबाट कहिल्यै भाग्ने छैन ।’

काँकरभिट्टा बहुमुखी क्याम्पसको अध्यक्षमा बिनम सरदारको उम्मेद्वारी

मेचीनगर-६ काँकरभिट्टास्थित काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का तर्फबाट बिनम सरदारले अध्यक्ष पदको लागि उम्मेद्वारी दिएका छन् ।

त्यसैगरी, अनेरास्ववियू तर्फबाट सचिवमा सुरज राजवंशी, कोषाध्यक्षमा अनुषा अर्याल, सदस्यमा प्रज्ञा श्रेष्ठ, प्रवेश काफ्ले, शैलेश निरौला, लिलम शिवाकोटी, बिजय लुइँटेलले उम्मेद्वारी दिएका छन् भने समानुपातिक तर्फबाट सदस्यमा बिश्वास दाहाल, दिक्षा खड्का, श्याम तिम्सिना, मानव ढुंगेल, पुजा पाण्डे, युगेन लोहार, स्वस्तिका पौडेलले उम्मेद्वारी दिएका छन् ।

काँकरभिट्टा बहुमुखी क्याम्पसमा ६ सय १६ मतदाता संख्या रहेको छ ।

२०७९ चैत्र ७, मंगलवार प्रकाशित 1 Minute 562 Views

ताजा समाचार