२०८१ बैशाख १२ बुधबार

झापामा आन्दोलनकारीप्रति सुरक्षा निकायले बढायो निगरानी

झापा । प्रदेशको नामकरणप्रति आपत्ति जनाउँदै आन्दोलन गर्दै आएका असन्तुष्ट समूहको गतिविधिप्रति झापामा सुरक्षा निकायले निगरानी बढाएको छ ।

सोमवार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा उनीहरुले तोडफोडको प्रयास गरेका थिए । आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका थिए ।

कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए । सोही घटनालाई लिएर झापा प्रहरीले सुरक्षा सतर्कता बढाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । उनले झापामा आउने भीआइपीहरुका लागि सुरक्षा व्यवस्था कडा पार्ने निर्णय गरिएको बताए । साथै आन्दोलनकारीका गतिविधिलाई निस्तेज पार्न कडा निगरानी राखिने उनको भनाई छ ।

कोशी प्रदेश नामकरणको विरोध गर्दै झापामा पनि आदिवासी जनजाति महासंघ झापाको अगुवाईमा प्रदेश नं १ पुनः नामांकन संघर्ष समिति गठन गरी विभिन्न जाति समूहले आन्दोलन गर्दै आएका छन् ।

२०७९ चैत्र ७, मंगलवार प्रकाशित 0 Minutes 441 Views

ताजा समाचार