२०८१ बैशाख १२ बुधबार

महिला साफमा नेपाल भारतसंग ४ – १ गोलले पराजीत

 

साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । ढाकामा सोमबार भएको खेलमा नेपाललाई भारतले ४-१ गोल अन्तरले हराएको हो ।खेलको दशौँ मिनेटमा शिल्जी शाजीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिइन् । ४० औं मिनेटमा शाजीले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को अग्रता दिलाइन ।

४१ औं मिनेटमा पूजाले गोल गर्दा भारत पहिलो हाफमा ३-० ले अघि रह्यो । खेलको ५४ औं मिनेटमा बर्षा ओलीले गोल गर्दै नेपाललाई ३-१ को स्थितिमा ल्याइन् ।तर, खेलको ८० औं मिनेटमा शाजीले ह्याट्रिक पूरा गर्दै भारतलाई ४-१ को जित दिलाईन् । जितसँगै भारतले पहिलो खेलमा ३ अंक जोडेको छ । नेपालले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसियाको सहभागिता रहेकोछ । अब नेपालले दोस्रो खेलमा बुधबार भुटानसँग खेल्नेछ । त्यस्तै अर्को आइतबार रुससँग खेल्नेछ ।नेपालले अर्को हप्ताको मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 123 Views

ताजा समाचार