२०८१ बैशाख १२ बुधबार

ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोडको प्रयास

 

ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गरिएको छ । कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण ११ को गोरुमारे भन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोड गर्नुका साथै गाडीमा राखिएको झण्डा निकालेर फ्याँकेका हुन । मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न चैत्र ५ गते ओखलढुंगा पुगेका हुन । मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम समेत गरेका छन ।

पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो । कडा सुरक्षाकावीच ओखलढुंगा सदरमुकामबाट तलुवामा सामुदायिक भवनको उद्घाटन गएका मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका छन । सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीवीच केही समय झडप समेत भएको छ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 399 Views

ताजा समाचार