२०८१ बैशाख १४ शुक्रबार

लामो समयपछि शेयर बजारमा दोहोरो अंकको बृद्धि

 

लामो समयपछि शेयर बजार आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ६५ अङ्कले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दुमा पुगेको हो । यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा २ं.९७ अङ्कले बढेर ३६६.५० विन्दुमा पुगेको छ ।

बजारसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ । आज २ सय ५८ वटा कम्पनीका ५२ लाख ५५ हजार कित्ता शेयर १ अर्ब २९ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै आईएमई जनरल इन्सुरेन्सको शेयर ७ करोड ६३ लाख रुपैयाँमा किनबेच भएको छ ।

त्यस्तै एनआइसि एसियाको ६ करोड १९ लाखभन्दा बढीको कारोबार भएको छ । सबैभन्दा धेरै युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशत र न्यादी हाइड्रो पावर कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ । सपोर्ट लघुवित्तको शेयर साढे ५ प्रतिशतले घटेको छ । आज सबै समूहको शेयर उकालो लागेको छ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 117 Views

ताजा समाचार