२०८१ बैशाख १५ शनिबार

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने

 

प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ । सोमवार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले यसबारे जानकारी गराएको हो । थ्रि नसेन्स कपमा नेपाल, भुटान र लावसले प्रतिष्पर्धा गर्नेछन् । तीन राष्ट्रहरुले दशरथ रंगशालामा सिंगल राउण्ड रोविनको आधारमा खेल हुनेछ ।

उत्कृष्ट दुई देशबीच फाइनल खेल हुनेछ । प्रतियोगिता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने पनि एन्फाले जनाएको छ । प्रतियोगिताका लागि दुवै देश नेपाल आइसकेको पनि एन्फाले जनाएको छ । प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ ५ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिसकेको छ ।

खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने बताएको छ । प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ३ हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेकिरी डलर गरी कुल ९ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।

पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ । प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख, ६८ हजार ४ सय ८० रुपैयाँ रहेको एन्फाले जनाएको छ ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 1 Minute 180 Views

ताजा समाचार