२०८१ बैशाख ७ शुक्रबार

इण्डो-नेपाल भेट्रान : उपाधिका लागि आज बिर्तामोड र काठमाण्डौँ भिड्दै

काँकरभिट्टा, चैत ५ । काँकरभिट्टामा जारी इण्डो नेपाल भेट्रान फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार (आज) फ्रिडम फाइटर काठमाण्डौँ र विर्तामोड युनाइटेड झापा बिच प्रतिस्पर्धा हुदैँछ ।

गत फागुन २७ बाट काँकरभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेलमा यी दुई टिमबिच प्रतिस्पर्धा हुन लागेको हो ।

फ्रिडम फाइटर काठमाण्डौँ सेमी फाइनल खेलमा मिलनमोर त्रिवेणी साङ्गालाई हराउँदै फाइनलमा आइपुगेको हो भने सौभाग्य युवा फुटबल क्लब बुटवललाई पराजित गर्दै विर्तामोडले फाइनलमा स्थान बनाएको हो ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबेको आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद २ लाख तथा उपबिजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका महासचिव शेरबहादुर बस्नेतले जानकारी दिए ।

२०७९ चैत्र ६, सोमबार प्रकाशित 0 Minutes 260 Views

ताजा समाचार