
मेचीनगर, चैत ६ । त्रिदेव बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा अर्जुन गौतम निर्वाचित भएको छन् ।
आइतबार सम्पन्न निर्वाचनमा नेवि संघबाट उमेद्वारी दिएका गौतम २ सय ८१ मत प्राप्त गर्दै अध्यक्ष मा निर्वाचित भए ।

यस्तै, सचिवमा पनि नेवि संघकै मनिराम बिश्वकर्मा निर्वाचित भएका छन् भने कोषाध्यक्षमा अनेरास्ववियुका ईश्वर रिजाल निर्वाचत भए ।
सदस्यहरुमा भने मिश्रित परिणाम आएको छ । सदस्यहरुमा ५ जना अनेरास्ववियुबाट निर्वाचित भए भने २ जना नेवि संघबाट चुनिएका छन् ।
अनेरास्ववियुबाट भुगोल भट्टराई, दावा तामाङ, हरि पौडेल, मदन चिमरिया र कैलाश रेग्मी निर्वाचित भए भने नेवि संघबाट सुजन अर्याल र रोषन पोख्रेल चुनिएका छन् ।
६ सय ५४ मत खसेको थियो । मतगणना सम्पन्न भएसगैँ त्रिदेव क्याम्पसले नयाँ स्ववियु समिति प्राप्त गरेको छ ।