२०८१ बैशाख ८ शनिबार

विराटनगरमाथि भारतीय टोलीको जित

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमड इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमी (बिसिसिए) लाई भारतको अल इन्डिया वुमन टि –२० क्रिकेट एसोसिएनले हराएको छ ।

पहिलो खेलमा शनिबार भारतलाई ९ विकेटले पराजित गरेको नेपाली टोली आइतबार भएको खेलमा ६ विकेटले पराजित भएको हो । जितसँगै भारतले ४ खेलको शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८ दमलव २ बलमा सवै विकेट गुमाई ९७ रनको सामान्य स्कोर बनाएको थियो । घरेलु टोलीका लागि सम्झना खड्काले २१ रन बनाउँदा कविता जोशीले १८ रन र काजल श्रेष्ठले १२ रनको योगदान दिए ।भारतकी वैदथिया विनोदाले ४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिइन् ।

जवाफमा ९८ रनको लक्ष्य पछ्याएको भारतीय टोलीले अन्तिम ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । भारतकी रिया दर्वालले अविजित २१ बनाउँदा रिना रानीले पनि २१ रन बनाइन् । नेपालकी सरस्वती चौधरीले २ विकेट लिँदा सवनम राईले १ विकेट लिइन् ।

२०७९ चैत्र ५, आईतवार प्रकाशित 0 Minutes 228 Views

ताजा समाचार