२०८१ बैशाख १३ बिहीबार

बाजुराको बुढिनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यु

 

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ र २ मा कर्फ्यु लगाएको छ । आईतबार दिउसोँ (स्ववियु) निर्वाचनका क्रममा स्थिति तनावग्रस्त हुदाँ रातिको समयमा थप घटना घट्न सक्ने भन्दै कर्फ्यु लगाएको जिल्ला प्रहरी प्रमुख कबिन्द्रसिहं बोहराले बताएका छन । बुढिन्नदा नगरपालिका १ र २ मा आज राति ७ बजे देखि भोली बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुराको बुढिनन्दा क्याम्पसमा आज दिउसो दुई बिध्यार्थि संगठन बिच झडप प्रहरीले २४ राउण्ड हवाई फाएर गरेको थियो । झडपले ठुलो रूप लिन खोज्दा नेपाल प्रहरीले अश्रु ग्यास र २४ राउन्ड हवाई फाएर गरेर भिड नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हवाई फाईर पछि पुन संचालन भएको मतदान २ घण्टादेखि स्थगित गरिएको छ । नेविसंघ लगायतको गठबन्धनका बिध्यार्थीहरूले खुकुरी देखाउदै निर्वचान भाड्न खोज्दा भिडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले बताए । अहिले सम्म ४ सय १२ मतदाता रहेको बुढिन्नदा क्याम्पसमा २सय ५३ मत खसेको जनाएको छ ।

२०७९ चैत्र ५, आईतवार प्रकाशित 1 Minute 199 Views

ताजा समाचार